नेपालमा दुई भारतीय कम्पनीका औषधि बिक्री वितरणमा रोक लगाइएको छ । राष्ट्रिय औषधि प्रयोगशालामा परीक्षणमा न्यून गुणस्तर पाइएपछि औषधि व्यवस्था विभागले यी औषधिहरूको बिक्रीमा रोक लगाएको हो ।
भारतको साइकोट्रपिक इन्डिया लिमिटेडको पिल्प्यान ४० र पेन्टोप्राजोल ट्याब्लेटको ब्याच नम्बर सीआई६४३००८ र एरिस्टो फार्मास्युटिकल्स प्रालिको एसिटप ४० एमजी, पेन्टाप्राजोल औषधिका ब्याच नम्बर एमपीजे२३३४८७ को बिक्रीमा रोक लगाइएको छ ।
विभागले यी औषधिहरू सिफारिस र प्रयोग नगर्न तथा बजारबाट फिर्ता ल्याएर विवरण बुझाउन निर्देशन दिएको छ ।
प्रतिक्रिया दिनुहोस्























