images
images
  • नेदरल्यान्ड्सलाई हराउँदै स्पेन सेमिफाइनलमा

    नेदरल्यान्ड्सलाई पेनाल्टीमा पराजित गर्दै स्पेन नेसन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ । निर्धारित र अतिरिक्त समयमा ३–३ को गाेलकाे बराबरी भएपछि  खेल पेनाल्टीमा पुगेको थियो ।

    डच फरवार्ड नोआ लाङ र स्पेनका लामिन यामाल दुवैले पेनाल्टीमा गोल गर्न सकेनन् । जसपछि स्पेनी गोलकिपर उनाई साइमनले डोनेएल मालेनको प्रयासलाई रोकेर पेड्रीलाई अन्तिम चारमा स्थान बनाउने निर्णायक प्रहारको मौका दिए ।

    भ्यालेन्सियाको मेस्टाला स्टेडियममा २०२३ को विजेता टोलीका लागि बार्सिलोनाका मिडफिल्डरले कुनै गल्ती गरेनन् ।

    रियल सोसिडाडका स्ट्राइकर मिकेल ओयारजाबालको गोलमा स्पेनले खेल दौरान दुई पटक अग्रता लिएको थियो । तर दोस्रो हाफको नौ मिनेटमा मेम्फिस डेपेको पेनाल्टी र डेब्युटेन्ट इयान माटसेनको गोलमा खेल अतिरिक्त समयमा धकेलियो । 

    यामालको उत्कृष्ट गोलले स्पेनलाई थप ३० मिनेटको १३ औँ मिनेट फेरि अगाडि बनायो । तर जाभी सिमोन्सले १०९ औँ मिनेटमा पेनाल्टी गोल गर्दै खेललाई टाइब्रेकरमा धकेले ।

    यो नतिजाले स्पेनलाई १८ औँ खेलसम्म अपराजित बनाएको छ । सेप्टेम्बर २०२२ मा स्विट्जरल्यान्डसँग २–१ ले घरेलु मैदानमा पराजित भएदेखि नेसन्स लिगमा स्पेन पराजित भएको छैन ।

    बिहीबार भएको पहिलो लेग २–२ को बराबरीमा सकिएको थियो । घरेलु मैदानमा भएको दोस्रो लेगमा स्पेनले मिकेल ओयारजाबलको पेनाल्टी गोलमा ८ औँ मिनेटमा अग्रता लिएको थियो। मेम्फिस डिपेले पेनाल्टी मार्फत नै ५४ औँ मिनेटमा फेरि बराबरीतर्फ धकेले । 

    ६७ औँ मिनेटमा मिकेलले व्यक्तिगत दोस्रो गोल गर्दा त्यो पनि डज टोलीले ७९ औँ मिनेटमा तोड्यो । अतिरिक्त समयमा पनि दुवै टोलीले एक एक गोल थपेपछि दोस्रो लेग पनि बराबरीमा पुग्यो र पेनाल्टीबाट निर्णय लिइएको थियो ।

    पेनाल्टीमा स्पेन ५–४ ले विजयी भयो । अब स्पेनले सेमिफाइनलमा फ्रान्ससँग खेल्नेछ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images