सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक जारी छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक सुरु भएको हो ।
आज दिउँसो १ बजे बस्ने गरी डाकिएको बैठक करिब तीन घण्टा ढिला सुरु भएको पार्टी प्रवक्ता डा. प्रकाशशरणले महतले जानकारी दिए ।
आजको बैठकमा भ्रातृसंस्थाको म्याद थप वा महाधिवेशनको मिति सार्नेबारे छलफल हुँदैछ ।
भ्रातृसंस्थाहरूको महाधिवेशन गराउन यही चैत मसान्तसम्मको समयसीमा तोकिएको थियो ।
प्रतिक्रिया दिनुहोस्






















