images
images
  • ८० करोडमा बिक्यो विश्वकै महँगो कुकुर

    विश्वकै सबैभन्दा महँगो कुकुर, ‘काडाबम्ब ओकामी’, ८० करोड रुपैयाँमा बिकेको छ । 

    यो कुकुरको ब्रिडर एस सतिशले ५.८१ मिलियन डलर (करिब ८० करोड नेपाली रुपैयाँ) खर्च गरेर खरिद गरेका छन् ।

    ‘काडाबम्ब ओकामी’ एक दुर्लभ ब्वाँसो र कौकेसियन सेफर्डको क्रस हो, जुन ८ महिनामा ७५ केजी र ३० इन्च उचाइ भएको छ । 

    सतिशसँग १५० भन्दा बढी कुकुरका प्रजाति छन् र उनी विभिन्न कार्यक्रमहरूमा यी कुकुरहरू लिएर जान्छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images