images
images
  • भक्तपुरमा पुरुष मृत फेला, कान र टाउकोमा चोट

    भक्तपुरमा एक पुरुष मृत फेला परेका छन् । मध्यपुरठिमी नगरपालिका ९ बोडे निलबाराहीस्थित पिकनिक स्थलको पार्किङमा आज बिहान खोटाङको केपिलासगढी गाँउपालिका २ घर भई हाल बोडे बस्ने ६६ वर्षका ओमप्रकाश राई मृत फेला परेका हुन् । 

    भक्तपुर प्रहरीका अनुसार उनले कवाडीको सामान टिप्ने काम गर्ने खुलेको छ ।

    उनको दाइने कानको छेउ र टाउकोमा चोट देखिएको प्रहरीले जनाएको छ । प्रहरीले हत्याको आशंकामा अनुसन्धान अगाडि बढाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images