images
images
  • आईपीएलको पहिलो खेलमा आरसीबीले केकेआरलाई हरायो

    इन्डियन प्रिमियर लिग अर्थात् आईपीएल २०२५ को पहिलो खेलमा रोयल च्यालेन्जर्स बैंगलोर (आरसीबी) ले कोलकाता नाइट राइडर्स (केकेआर) लाई हराएको छ।

    शनिबार कोलकाताको इडन गार्डेन मैदानमा भएको खेलमा रोयल च्यालेन्जर्स बैंगलोरले कोलकाता नाइट राइडर्सलाई ७ विकेटले हराएको हो।

    टस जितेर बलिङ गर्ने निर्णय गरेको रोयल च्यालेन्जर्स बैंगलोरलाई कोलकाता नाइट राइडर्सले पहिले ब्याटिङ गर्दै १७५ रनको लक्ष्य दिएको थियो।

    रोयल च्यालेन्जर्स बैंगलोरका लागि फिल साल्टले ३१ बलमा ५६ रन, विराट कोहलीले ३६ बलमा ५९ रन र कप्तान रजत पाटीदारले १६ बलमा ३४ रन बनाए।

    रोयल च्यालेन्जर्स बैंगलोरले १६.२ ओभरमा ३ विकेट गुमाउँदै १७७ रन बनाएर लक्ष्य हासिल गर्‍यो।

    यसअघि कोलकाता नाइट राइडर्सका कप्तान अजिंक्य रहाणेले ब्याटिङ गर्न आएर शानदार अर्धशतक बनाए। उनले ५६ रनको उत्कृष्ट इनिङ खेले। सुनील नारिनले २६ बलमा ४४ रन बनाए।

    बलिङ गर्दा रोयल च्यालेन्जर्स बैंगलोरका लागि क्रुणाल पाण्ड्याले ३ विकेट लिए।

    प्रतिक्रिया दिनुहोस्
    images
    images