सिरहाको ओरही गाउँपालिका–५ मा महायज्ञ गर्न पालिकाले दलित परिवारको घर भत्काइएको घटनापछि गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारी परिवर्तन गरेको छ ।
गृहले सिराहाका प्रमुख जिल्ला अधिकारी वासुदेव दाहाललाई मन्त्रालयमा तानिएको हो । दाहालको ठाउँमा कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्याललाई पठाइएको गृह मन्त्रालयले जनाएको छ ।
महायज्ञ गर्न दलित परिवारलाई हटाएको भन्ने विषयमा सत्यतथ्य र स्वतन्त्र छानबिन गर्न गृहमन्त्री रमेश लेखकले प्रहरीलाई निर्देशन दिइसकेका छन् ।
प्रतिक्रिया दिनुहोस्























