भारतको उत्तर प्रदेशस्थित मथुराका ३२ वर्षीय राजा बाबुले युट्युबको ट्युटोरियल हेरेर आफैले पेटको शल्यक्रिया गरेका छन् ।
केही महिनायता पेट दुख्ने समस्याबाट पीडित यी युवकले डाक्टरको उपचारपछि पनि समस्या समाधान नभएपछि युट्युबमा पेटको शल्यक्रिया कसरी गर्ने भन्ने भिडियो हेरेर आफ्नै पेट सात इन्च काटेका थिए ।
उनले सर्जिकल सामग्री औषधी पसलबाट किनेर आफ्नै कोठामा शल्यक्रिया गरेका थिए । पछि उनलाई गम्भीर अवस्थामा अस्पताल ल्याइएको थियो र अहिले उपचारपछि उनको स्वास्थ्यमा सुधार आएको छ ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 


















