images
images
  • रोमाञ्चक खेलमा नेदरल्यान्ड्स र स्पेनको बराबरी

    काठमाडौं । युरोपियन नेसन्स लिगको रोमाञ्चक खेलमा नेदरल्यान्ड्स र स्पेनले २–२ को बराबरी खेलेका छन् । बुधबार राति नेदरल्यान्ड्सको घरेलु मैदानमा चार गोल हुँदा खेल निकै रोमाञ्चक रह्यो ।

    अग्रता भने भ्रमणकारी टोली स्पेनले लिएको थियो । तर, खेलमा पुनरागमन गर्दै दश खेलाडीमा सिमित नेदरल्यान्ड्सले सन् २०१० को विश्व विजेता स्पेनलाई दबाबमा राख्यो । तत्कालिन उपविजेता नेदरल्यान्ड्स जित नजिक रहँदा इन्जुरी समयमा माइकल मेरिनोले गोल गर्दै स्पेनको हार टारेका हुन् । खेलको ८२औं मिनेटमा नेदरल्यान्ड्सका जोरल हाटोले रातो कार्ड पाएपछि त्यसको फाइदा स्पेनले लियो ।

    यसअघि खेलमा निको विलियम्सको गोलबाट नवौं मिनेटमा स्पेनले अग्रता बनायो । उनले पेड्रीको पास सदुपयोग गरेका थिए ।

    174252414967dccef51e5704 43113554

    कोडी गाक्पोले २८औं मिनेटमा बराबरी गोल गरेका हुन् । दोस्रो हाफको सुरुमै तिजानी रेइजन्देर्सले गोल गर्दै नेदरल्यान्ड्सलाई २–१ को अग्रता दिलाएका हुन् । विलियम्सकै पासमा वैकल्पिक खेलाडी मेरिनोले इन्जुरी समयमा गोल गरेपछि स्पेन हारबाट जोगिएको थियो ।

    स्पेन पछिल्लो २१ खेलमा नेदरल्यान्ड्ससँग पराजित भएको छैन । अब, दुईबीचको दोस्रो लेग आइतबार स्पेनको भ्यालेन्सियामा हुनेछ ।

    यो खेलको विजेताले क्रोएसिया र फ्रान्सबीचको विजेतासँग खेल्नेछ । क्रोएसियाले पहिलो लेगमा फ्रान्सलाई २–० ले हराएको छ ।

    प्रतिक्रिया दिनुहोस्

    images
    images