images
images
  • इटलीमाथि जर्मनीको पुनरागमन जित

    एजेन्सी – युइएफए नेसन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा जर्मनीले इटलीमाथि पुनरागमन जित निकालेको छ ।

    जर्मनीले बिहीवार इटलीमाथि २-१ को जित हासिल गरेको हो । पहिलो हाफमा १ गोलले पछि परेको जर्मनीले दोस्रो हाफमा २ गोल गर्दै खेलमा जित हासिल गरेको हो ।

    जर्मनीको जितमा टिम क्लेनडिएन्स्ट र लियोन गोरेट्ज्काले गोल गरे । घरेलु टोलीका लागि भने सान्ड्रो टोनालीले गोल गरे ।

    नवौं मिनेटमा टोनालीको गोलमा इटलीले अग्रता लियो। थियो । खेलको ४९औं मिनेटमा जर्मनीका लागि टिमले बराबरी गोल फर्काए । ७६औं मिनेटमा लियोनको गोल जर्मनीको लागि निर्णायक बन्यो ।

    क्वाटरफाइनलको दोस्रो लेग जर्मनीमा मार्च २४ मा हुनेछ ।

    प्रतिक्रिया दिनुहोस्

    images
    images