images
images
  • क्रोएसियासँग फ्रान्स पराजित

    एजेन्सी – युइएफए नेसन्स लिगको क्वाटरफाइनलको पहिलो लेग खेलमा क्रोएसियाले जित हासिल गरेको छ ।

    क्रोएसियाले फ्रान्सलाई बिहीवार २-० ले हरायो । घरेलु मैदानमा क्रोएसियालाई जित दिलाउन एन्टे बुदिमिर र इवान पेरिसिकले गोल गरे ।

    खेलको २६औं मिनेटमा गोल गर्दै बुदिमिरले सुरुवाती अग्रता दिलाए । पहिलो हाफको इन्ज्युरी समयमा क्रोएसियाका लागि इवानले गोल गरे ।

    दुईबीचको दोस्रो लेग मार्च २४ मा फ्रान्समा हुनेछ ।

    प्रतिक्रिया दिनुहोस्

    images
    images