images
images
  • लस एन्जलस ओलम्पिक सन् २०२८ मा बक्सिङ पनि समावेश

    काठमाडौं । १४४औँ अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी) सत्रमा बिहीबार मतदानपछि बक्सिङलाई आधिकारिक रूपमा लस एन्जलस सन् २०२८ ओलम्पिक खेलकुदको कार्यक्रममा समावेश गरिएको छ ।

    आईओसी कार्यकारी बोर्डले फेब्रुअरी २६ मा विश्व बक्सिङलाई अन्तर्राष्ट्रिय महासंघको रूपमा अस्थायी रूपमा मान्यता दिएका र खेललाई आईओसी सत्रमा समावेश गर्न सिफारिस गरेको थियो ।

    सन् २०२२ मा स्वीकृत एलए २८ कार्यक्रमबाट बक्सिङलाई अन्तर्राष्ट्रिय बक्सिङ संघ (आईबीए)बाट बहिष्कृत गरिएको थियो ।

    बक्सिङ पहिलोपटक सन् १९०४ मा आधुनिक ओलम्पिकमा देखा पर्‍यो । र सन् १९१२ को स्टकहोम बाहेक सबै संस्करणमा प्रस्तुत गरिएको थियो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images