images
images
  • माओवादीले एक्लै चुनाव जित्ने आधार बलियो बन्दै गयो : अध्यक्ष प्रचण्ड

    नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टीले एक्लै चुनाव जित्ने आधार बलियो बन्दै गएको बताएका छन् । जनतासँग माओवादी, तराई मधेस जागरण अभियानअन्तर्गत आज बारामा आयोजित सभालाई सम्बोधन गर्दै उनले स्ववियु निर्वाचनसम्म आइपुग्दा माओवादी एक्लै निर्वाचन लड्न सक्षम रहेको प्रमाणित भएको बताएका हुन् ।

    ‘कहिले कांग्रेससँग त कहिले एमालेसँग समीकरण गर्दाको फाइदा एमाले–कांग्रेसलाई र घाटा माओवादीलाई भएको प्रमाणित भएको छ । अहिले स्ववियु निर्वाचनमा आउँदा समेत नेविसंघ र अनेरास्ववियुको समीकरण अखिल क्रान्तिकारीले तोडेका छन् । तिसौँ वर्षदेखिको रेकर्ड तोडिएको छ । अब यी सबै युवा विद्यार्थीहरू अग्रगमनका पक्षमा छन्, प्रतिगमनको पक्षमा छैनन्’, उनले भने ।

    कसैको वैशाखी नटेकेर माओवादी चुनाव लड्नै सक्दैन भन्ने विरोधीको भाष्य खारेज भएको अध्यक्ष प्रचण्डले बताए ।

    प्रतिक्रिया दिनुहोस्

    images
    images