त्रिभुवन विश्वविद्यालयको केन्द्रीय क्याम्पसको स्ववियु निर्वाचन स्थगित गरिएको छ । स्ववियु निर्वाचन समितिले सूचना जारी गर्दै निर्वाचनको कार्यक्रम स्थगित भएको जनाएको हो ।
उच्च अदालत पाटनमा स्ववियु निर्वाचनको विषयमा मुद्दा परेको छ । जसको अन्तरिम आदेशको छलफल १० गते हुनेछ । अदालतको आदेशअनुसार, निर्णय नआउन्जेल निर्वाचन स्थगित रहने निर्वाचन अधिकृत प्राडा कृष्णप्रसाद न्यौपानेले उल्लेख गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्























