images
images
  • मेटा, एक्सलाई सूचीकरण हुन १ महिनाको समय, नभए नेपालमा प्रतिबन्ध लगाइने  

    सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले मेटा र एक्सलगायतलाई एक महिनाभित्र सूचीकरण गर्न भनेको छ । मन्त्रालयले सूचना जारी गर्दै १ महिनाभित्र सूचीकरण नभए नेपालमा प्रतिबन्ध लगाउने चेतावनी दिएको हो ।

    हालसम्म नेपालमा भाइबर, टिकटक र सारांश मिडिया ल्याब प्रालि सूचीकरण भएका छन् । सामाजिक सञ्जाल प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका, २०८० अनुसार सबै प्लेटफर्मले नेपालमा सूचीकरण गर्नुपर्ने छ । जसमा सम्पर्क विन्दु र गुनासो समाधानका अधिकारीको व्यवस्था गर्नुपर्नेछ ।

    ‘नेपालभित्र सामाजिक सञ्जाल प्लेटफर्म सञ्चालन गरेका उल्लिखितबाहेक अन्य सम्पूर्ण सामाजिक सञ्जाल प्लेटफर्मले सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका, २०८० बमोजिम ३० दिनभित्र यस मन्त्रालयमा सूचीकरण गर्नुहुन तथा नेपालभित्र सम्पर्क विन्दु आवासीय गुनासो सुन्ने अधिकारी र स्वनियम परिपालनको निगरानी गर्ने अधिकारीको समेत व्यवस्था गर्नुहुन यसै सूचनामार्फत सम्बन्धित सबैमा जानकारी गराइन्छ’, सूचनामा भनिएको छ ।

    समयसीमाभित्र सूचीकरण नगरेमा मन्त्रालयले प्लेटफर्मलाई नेपालमा सञ्चालनमा रोक लगाउने चेतावनी दिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images