images
images
  • एसईई परीक्षामा २० मिनेटमै बाहिरियो प्रश्न पत्र 

    सिरहा । सिरहामा माध्यमिक शिक्षा परीक्षा (एसईई)को पहिलो दिन परीक्षा सुरु भएको २० मिनेट प्रश्नपत्र बाहिरिएको छ ।

    पहिलो दिनको अंग्रेजी विषयको प्रश्न लहान–१९ सोनमती गाढा, जनता बनवाली माध्यमिक विद्यालय वर्छवा, कल्याणपुर परीक्षा केन्द्रबाट प्रश्नपत्र बाहिरिएको हो ।

    निजी विद्यालयहरुको सेटिङमा केन्द्राध्यक्ष र प्रहरी प्रशासनको सहयोगमा मोबाइल प्रयोग गरी प्रश्नपत्र बाहिरिएको बताइएको छ ।

    परीक्षा मर्यादित बनाउन यस वर्ष परीक्षा केन्द्रहरूमा मोबाइल तथा अन्य चिटिङ गर्ने समानमा प्रतिबन्ध लगाएपनि प्रश्नपत्र आउट हुँदा प्रहरी र केन्द्राध्यक्षहरुकै सेटिङ रहेको पुष्टि गरेको स्थानीयको आरोप छ ।

    सिरहामा ५० वटा परीक्षा केन्द्रमा परीक्षा सञ्चालन भइरहेको छ । यस वर्षको परीक्षामा १० हजार सात सय तीन जना विद्यार्थी सहभागी छन् ।

    प्रतिक्रिया दिनुहोस्

    images
    images