images
images
  • बहराइनलाई हराए जापान फिफा विश्वकपमा छनोट हुने पहिलो टिम बन्ने

    फिफा विश्वकप–२०२६ को एसिया छनोटमा आज जापानले बहराइनविरुद्ध प्रतिस्पर्धा गर्दै छ । आजको खेलमा जित निकाले जापान विश्वकप–२०२६ मा छनोट हुने पहिलो टोली बन्नेछ ।

    एएफसी एसियन क्वालिफायरको समूह ‘सी’मा जापान १६ अंकसहित तालिकाको शीर्ष स्थानमा छ । जापानले ६ खेल खेल्दा पाँचमा जित र एक खेलमा बराबरीको नतिजा निकालेको छ ।

    तालिकाको पाँचौँ स्थानमा रहेको बहराइनले भने ६ खेलमा एक जित, तीन बराबरी र दुई हारसहित ६ अंक जोडेको छ ।

    यी दुई टिमबीचको खेल जापानकै साइतामा रंगशालामा हुने तालिका छ । यो खेल नेपाली समयानुसार दिउँसो ४ः२० बजेदेखि सुरु हुनेछ ।

    सन् २०२६ को विश्वकप आयोजना अधिकार मेक्सिको, अमेरिका र क्यानडा गरी तीन देशले पाएका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images