काठमाडौँ उपत्यकामा आजदेखि प्रदूषणको स्तर फेरि बढेको छ । वातावरण विभागका अनुसार, आज बिहान शंखपार्कको वायु गुणस्तर (एक्यूआई) १९७ पुगेको हो ।
यस्तै रत्नपार्कको १५६, र ललितपुरको खुमलटारको १५३ मापन भएको छ । यसले काठमाडौँलाई अस्वस्थकर बनाएको छ ।
बुधबार एक्यूआई ११० देखि १४० सम्म थियो भने आज १५४ देखि १६० बिचमा पुगेको छ । एक्यूआई १०१ देखि १५० बालबालिका, वृद्धवृद्धा र दीर्घरोगीका हुन्छन् । यस्तै १५१ देखि २०० सम्म पुगेमा सबैका लागि अस्वस्थकर मानिन्छ । योभन्दा माथि भएमा ‘खतरनाक’ बन्दै जाने विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)को मापदण्ड छ ।
प्रतिक्रिया दिनुहोस्























