images
images
  • स्ववियु निर्वाचनमा अखिल क्रान्तिकारीको पक्षमा देखिएको लहर उत्साहप्रद : अध्यक्ष प्रचण्ड 

    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचनमा माओवादी निकट अखिल (क्रान्तिकारी)को पक्षमा देखिएको लहर निकै उत्साहप्रद रहेको बताएका छन् ।  आज फेसबुकमा स्टाटस लेखेर उनले स्ववियु चुनावको परिणामले माओवादीको अभियानमा युवाहरूको साथ रहेको पुष्टि गरेको बताएका हुन् ।

    ‘भर्खरै सम्पन्न स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा हाम्रो पार्टी निकट अखिल (क्रान्तिकारी)को पक्षमा देखिएको लहर निकै उत्साहप्रद छ’, अध्यक्ष प्रचण्डले भनेका छन्, ‘कयौँ क्याम्पसमा सत्ता गठबन्धन समर्थित विद्यार्थी संगठनलाई समेत पराजित गर्दै देशभर प्राप्त नतिजाले भ्रष्टाचार र बेथितिका विरुद्धको हाम्रो अभियानमा आजका सचेत एवं बौद्धिक युवा वर्ग साथमा रहेको थप पुष्टि भएको छ ।’

    अध्यक्ष प्रचण्डले विजयी भएकाहरूलाई बधाई तथा शुभकामना दिएका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images