images
images
  • संवैधानिक निकायका पदाधिकारी नियुक्तिविरुद्धको रिट हेर्दाहेर्दैमा

    संवैधानिक निकायका पदाधिकारी नियुक्तिविरुद्धको रिटको सुनुवाइ फेरि हेर्दाहेर्दैमा राखिएको छ । आज वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीसहितका कानुन व्यवसायीले बहस गरेका थिए ।

    यसअघि २१ फागुनमा रिट निवेदकका तर्फबाट ७ अधिवक्ताले बहस गरेका थिए । रिट निवेदकले ५२ जनाको संवैधानिक आयोगमा नियुक्ति गैरकानुनी रहेको दाबी गर्दै उक्त नियुक्ति बदर गर्न माग गरेका छन् ।

    संवैधानिक इजलासमा प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत तथा न्यायाधीशहरू सपना प्रधान मल्ल, मनोजकुमार शर्मा, कुमार चुडाल र नहकुल सुवेदी छन् ।

    अघिल्लो कार्यकालमा प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक आयोगहरूमा ५२ जनालाई गरेको नियुक्ति गैरकानुनी रहेको दाबी गरी बदर गर्न निवेदकले माग गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images