images
images
  • सात प्रमुख जिल्ला अधिकारीसहित १३ सहसचिवको सरुवा 

    गृह मन्त्रालयले ७ प्रमुख जिल्ला अधिकारी (सीडीओ)सहित १३ सहसचिवको सरुवा गरेको छ । गृहमन्त्री रमेश लेखकस्तरीय निर्णयबाट आज उनीहरूको सरुवा भएको हो ।

    गृह मन्त्रालयका कपिलवस्तुका सीडीओ शिवप्रसाद अधिकारी, सुर्खेतका शंकरहरि आचार्य, नवलपरासीपूर्वका अरुण पोखरेल, बागलुङका नेत्रप्रसाद सुवेदी, अछामका शिवप्रसाद लम्साल र पर्वतका केदारनाथ शर्माको गृह मन्त्रालयमा सरुवा भएको छ ।

    यस्तै मन्त्रालयमा ‘बरण्डा’ मा रहेका सहसचिव दिलकुमार तामाङ कपिलवस्तु, जगदिश्वर उपाध्याय सुर्खेत, भविश्वर पाण्डे नवलपरासी पूर्व, कुमानसिंह गुरुङ बागलुङ, प्रेमप्रसाद लुइँटेल उदयपुर, आनन्द सारुलाई अछामको सीडीओको जिम्मेवारी दिएर पठाइएको छ ।

    सीडीओको जिम्मेवारी पाउने अधिकांश सहसचिव भर्खरै बढुवा भएकाहरू हुन् ।

    gg

    प्रतिक्रिया दिनुहोस्
    images
    images