images
images
  • २५ करोड रुपैयाँसहित पक्राउ परेका व्यक्ति सार्वजनिक,  सुन तस्करीमा पनि परेका थिए जेल

    काठमाडौँको झोरबाट प्रहरीले २५ करोड रुपैयाँ बराबरको विदेशी मुद्रासहित एक व्यक्तिलाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सोमबार राति काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गाडी (ना ७ ख १६५२) र एक व्यक्तिसहित उक्त ठुलो रकम बरामद गरेको थियो ।

    पक्राउ पर्नेमा भोटेकोशी गाउँपालिका– १ का कुशाङ लामा रहेका छन् ।

    प्रहरीका अनुसार, लामाले गाडीको क्याबिनमा फल्स बटम बनाएर ठुलो परिमाणमा रकम लुकाएर केरूङतर्फ लैजाँदै थिए । गाडीको पछाडि भने खाली थियो । उनले प्रहरीसमक्ष  उताबाट आउँदा केही पाइयो भने ल्याउने भनेर  खाली गाडी लगेको बयान दिएका छन् ।

    प्रहरीका अनुसार दुई जनाले उक्त परिमाणको रकम केरूङसम्म ल्याउन भनेका थिए । यस विषयमा पहिल्यै सूचना प्राप्त भएको र  अपरेसन सुरु गरिएको प्रहरीले जनाएको छ ।

    काठमाडौँको झोरबाट उक्त गाडी चेक गर्दा २५ करोड रुपैयाँ रामद गरेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी रमेश बस्नेतले जानकारी दिए । उनीबाट प्रहरीले युरो र अमेरिकी डलर बरामद गरेको प्रहरीले बताएको छ ।

    उनी यसअघि ७ किलो सुन तस्करी अभियोगमा ५ वर्ष जेल बसेर आएको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images