images
images
  • बेचन झाको रिट खारेज, अब थुनामै रहने 

    भुटानी शरणार्थी प्रकरणमा मुछिएका बेचन झाले थुनामुक्तको माग गर्दै दायर गरेको रिट खारेज भएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय विनोद शर्मा र अब्दुलअजिज मुसल्मानको इजलासले सोमबार  झाको रिट खारेज गरेको हो ।

    गत माग २ गते झाले थुनामुक्तको मागसहित रिट दायर गरेका थिए । तर सर्वोच्चले उक्त मुद्दा खारेज गरिदिएको छ ।

    भुटानी शरणार्थी प्रकरणमा झाको पनि संलग्नता रहेको आरोपमा प्रहरीले असार १३ गते उनलाई पक्राउ गरेको थियो । उनीविरुद्ध चार कसुरमा मुद्दा दायर भएको थियो ।

    झाविरुद्ध ठगी, लिखित किर्ते, राज्यविरुद्धको कसुर र संगठित अपराधको कसुरमा मुद्दा दायर गरिएको थियो । झासमेतका प्रतिवादीहरूले २८ करोड ८१ लाख ७४ हजार ५ सय रूपैयाँ पीडितबाट ठगी गरेको आरोप छ ।

    उनलाई राष्ट्र हित प्रतिकूलको कसुरमा ५ वर्ष कैद र ५० हजार जरिवाना, ठगीको कसुरमा ७ वर्ष कैद र ७० हजार रूपैयाँ जरिवाना, किर्तेको कसुरमा ७ वर्ष कैद र ७० हजार जरिवाना, संगठित अपराधमा ५ वर्षसम्म कैद र ५० हजार रूपैयाँसम्म जरिवानाको माग गरिएको छ ।

    यही कसुरमा गतवर्ष पक्राउ परेका पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी र पूर्व गृहसचिव टेकनारायण पाण्डेसहितका ८ प्रतिवादीहरु पुर्पक्षका लागि थुनामै छन् ।

    पूर्वगृहमन्त्री बालकृष्ण खाँणसहितका अधिकांश प्रतिवादीहरु भने उच्च अदालत र सर्वोच्च अदालतको फैसलाबाट रिहा भएका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images