नेकपा एमालेले पछिल्लो घटनाक्रमबारे विशेष प्रस्ताव पारित गरेको छ । आज बसेको एमाले सचिवालय बैठकले पछिल्लो घटनाक्रमबारे प्रस्ताव पारित गरेको हो ।
पूर्वराजा ज्ञानेन्द्र शाहको सक्रियताप्रति लक्षित गर्दै विशेष प्रस्ताव पारित गरिएको एक नेताले जनाकारी दिए । एमालेले वंशगत शासनको बहसलाई हास्यास्पद समेत भनेको छ ।
‘हामी एक्काइसौँ शताब्दीमा पनि जन्मजात श्रेष्ठताको वंशगत शासनको बहस आफैँमा हानिकारक, हास्यास्पद र निर्थक हुनेमा विशेष जोड दिन चाहन्छौँ,’ एमाले उपमहासचिव प्रदीप ज्ञवालीले भने ।
त्यस्तै, उनले प्रमुख प्रतिपक्षी माओवादीसहितको सरकारबारेको चर्चालाई बेमौसमी विषयको संज्ञा भनेका छन् ।
प्रतिक्रिया दिनुहोस्






















