धनुषाको सबैला नगरपालिका–९ भठिहनस्थित चोकको नाम राख्ने विषयमा विवाद भएको छ । दुई समूहबिच झडप भएपछि प्रहरीले गोली चलाएको छ ।
भीड नियन्त्रण गर्न प्रहरीले गोली चलाउँदा सन्तोष यादव घाइते भएका छन् ।
कम्मरमुनी गोली लागेका घाइते यादवको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । यादवलाई जनकपुर प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।
दुई समुदायबिच आइतबार पनि विवाद भएको थियो ।
प्रतिक्रिया दिनुहोस्























