ओस्कर अवार्ड विजेता संगीतकार एआर रहमानको स्वास्थ्य आइतबार बिहान अचानक बिग्रिएको छ । उनलाई चेन्नईको अपोलो अस्पतालमा भर्ना गरिएको छ ।
५८ वर्षीय रहमानलाई छातीमा गम्भीर दुखाइ भएपछि अस्पतालमा भर्ना गरिएको हो । उनको ईसीजी र एन्जियोग्राफी गरिएको अस्पतालले जनाएको छ । डाक्टरहरूको टोलीले उनको निरन्तर निगरानी गरिरहेको छ । स्वास्थ्य बिग्रनुको कारण डिहाइड्रेसन हुन सक्ने अनुमान गरिएको छ ।
हालै, रहमानकी पूर्वपत्नी सायरा बानो पनि अस्पताल भर्ना भइ शल्यक्रिया गराइएको थियो । उनीहरूले १९९५ मा विवाह गरेका थिए, जुन २९ वर्षपछि टुटेको थियो । सम्बन्ध विच्छेद पछि, रहमानको मोहिनी डेसँग अफेयर रहेको खबर आएपनि उनले यस्ता अफवाहहरू विरुद्ध कानुनी कारबाही गर्ने घोषणा गरेका छन् ।
रहमान दुई ओस्कर र दुई ग्रामी अवार्ड जित्ने एकमात्र भारतीय हुन् ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 



















