images
images
  • चुम्बन प्रकरणपछि अर्को झमेलामा गायक उदितनारायण झा, जेठी श्रीमतीले हालिन् मुद्दा

    काठमाडौँ- चर्चित गायक उदितनारायण झा पछिल्लो समय विवादैविवाद तानिएका छन्। कार्यक्रम भइरहेको बेला उनले एक युवती लाई चुम्बन गरेपछि विवादमा तनिए। यो विवाद सेलाउन नपाउँदै उनी अर्को झमेलामा फसेका छन्।

    उनलाई जेठी पत्नी रञ्जना झाले भरणपोषणको मुद्दा दायर गरेकी छन्। आफ्नो अधिकार हनन गरेको र सम्पत्ति हडपेको आरोप उनले लगाएकी छन्।

    उदितले अदालतमा पूर्वपत्नी रन्जनाले अहिले पनि आफूबाट पैसा लिइरहेको आरोप लगाए। यसअघि रन्जनाले बिहार महिला आयोगमा पनि उजुरी दर्ता गराएकी थिइन् । दुवैजना यो मुद्दामा सम्झौता गर्न त्यहाँ पुगेका थिए। उदितले रन्जनालाई छाडेर दीपा झासँग विवाह गरेका थिए। दीपासँग उनले गीत समेत गाएका छन्। तर अहिले एकाएक जेठी श्रीमतीसँगको झमेला उदितलाई आइलागेको छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images