images
images
  • युट्युबमा भाइरल सन्तोषी सुब्बाको हत्या अभियोगमा एक युवक पक्राउ


    काठमाडौं । विभिन्न पशुपंछीको आवाज निकालेर युट्युबमा भाइरल बनेकी महिला सन्तोषी सुब्बाको हत्या अभियोगमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा अन्दाजी २१ वर्षीय सुरेश तिम्सिना छन् ।

    प्रहरीका एक अधिकारीका अनुसार तिम्सिनाले सुरुमा बलात्कार प्रयास गरेको र सुब्बाले प्रतिकार गरेपछि हत्या गरेको पाइएको छ ।

    ‘उनले सुरुमा घाँटी थिचेर ज्यान लिएको र पछि नचिनियोस् भनेर अनुहार क्षतविक्षत हुने गरी प्रहार गरेको पाइयो,’ ती अधिकारीले भने ।

    प्रहरीले उनको शव बुधबार दक्षिणकालीको ट्वाइलेटबाट बरामद गरेको थियो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images