प्रतिनिधि सभाको आइतबारको बैठकमा नेकपा एमालेका सांसद रघुजी पन्त र राप्रपाका सांसद ज्ञानबहादुर शाहीबिच चर्काचर्की भएको छ । बैठकमा पन्तले राजतन्त्रकालका घटनाबारे धारणा राख्दा सांसद शाहीले आपत्ति जनाए । उनले नियमापत्ति जनाउँदै सभामुख देवराज घिमिरेसँग बोल्ने समय माग गरे ।
सभामुख घिमिरेले तत्कालै प्रतिक्रिया दिँदै भने, ‘मैले समय दिएको छैन, माननीयज्यू, आसन ग्रहण गर्नुहोस् ।’
त्यसअघि सांसद पन्तले तत्कालीन राजा वीरेन्द्र शाहको भारतको कोलकातामा एक स्त्रीसँग सम्बन्ध राखेको प्रसंग उठाउँदै, शाहीले आपत्ति जनाएका थिए । पन्तले भने, ‘मैले इतिहासबाट प्रमाण प्रस्तुत गर्न सक्छु । मसँग बहस गर्न चाहनुहुन्छ भने, इतिहास राम्रोसँग पढेर आउनुहोस्, मिस्टर माननीय । जुम्लामा हाउ गरेर आएको जस्तो होइन ।’
प्रतिक्रिया दिनुहोस्























