नागढुंगा–सिस्नेखोला सुरुङ मार्गको निर्माणमा स्थानीयले खानेपानी र अन्य माग राख्दै अवरोध सिर्जना गरेका छन् । चन्द्रागिरि नगरपालिका–२ का स्थानीयले आइतबारदेखि निर्माण कार्य रोकिदिएका छन् ।
आयोजनाका इन्जिनियर सञ्जय पन्थीका अनुसार काठमाडौँ र धादिङ दुवैतर्फको काम प्रभावित भएको छ । स्थानीयहरूले माग पूरा नभएसम्म काम गर्न नदिने अडान लिएका छन् ।
सुरुङ मार्गको ८६ प्रतिशत निर्माण सकिएको छ भने २०८२ असोजभित्र सवारी सञ्चालनको लक्ष्य राखिएको छ ।
प्रतिक्रिया दिनुहोस्























