images
images
  • प्रिमियर लिग: हालान्डले बनाए १०० गोलको कीर्तिमान

    इङ्लिस प्रिमियर लिगमा शनिबार राति म्यानचेस्ट सिटीका फरवार्ड एर्लिङ हालान्डका लागि विशेष बनेको छ।

    प्रिमियर लिगअन्तर्गत गएरातिको खेलमा ब्राइटनसँग २–२ को बराबरी गर्दा फरवार्ड हालान्डले कीर्तिमान बनाउने अवसर पाएका हुन्।

    खेलको ११औँ मिनेटमा पेनाल्टीमा गोल गरेका हालान्डले प्रिमियर लिगमा सबैभन्दा छिटो १०० गोल गर्ने पहिलो खेलाडी बनेका हुन्।

    योसँगै उनले एलन शियररको कीर्तिमान तोडेका छन्। हालान्डले आफ्नो ९४औँ खेलमा ८४ गोल र १६ असिस्ट गर्दै प्रिमियर लिगका लागि सय गोलको योगदान गरेका हुन्।

    एलनले भने यसअघि १०० खेलमा यस्तो कीर्तिमान बनाएका थिए।

    हालान्डभन्दा अघि ह्यारी केन छन्। केनले ८७ गोल र १३ असिस्ट दिँदै प्रिमियर लिगमा १०० गोल गरेका थिए।

    सन् २०२२ मा बोरुसिया डर्टमुन्डबाट सिटी पुगेका हालान्डले तेस्रो सिजनमै यो कीर्तिमान आफ्नो नाममा गरेका हुन्।

    सर्जियो अगुएरो, थिएरी हेनरी, मिजी फ्लोयड ह्यासलबेंक, लेस फर्डियान्ड र म्याट टिस्सीयरले आफ्नो चौथो सिजनमा यो उपलब्धि हात पारेका थिए।

    हालान्डले सन् २०२२/२३ को सिजनमा ३५ खेलमा ३६ गोल र ८ असिस्ट दिँदै ४४ गोल गरेका थिए।

    सन् २०२३/२४ मा ३१ खेलमा २७ गोल र ५ असिस्ट प्रदान गर्दै ३२ गोल गरेका थिए।

    जारी सिजन (२०२४/२५) को २८ खेलमा उनले २१ गोल र ३ असिस्ट गरी २४ गोलको योगदान गरेका छन्।

    प्रतिक्रिया दिनुहोस्
    images
    images