वुमन्स डे कप क्रिकेटमा नेपाल हङकङसँग विजयी भएको छ । युगान्डामा आज भएको खेलमा हङकङसँग नेपाल ६ विकेटले विजयी भएको हो ।
ओपनर सम्झना खड्काले ४३ बलमा ४७ रन बनाइन् । आक्रामक ब्याटिङ गरेकी उनले ३ चौका प्रहार गरिन् ।
त्यस्तै कप्तान इन्दु बर्माले ३२ बल खेल्दा एक चौकासहित १८ रन बनाइन् भने रोमा थापा र बिन्दु रावल समान ४ रन जोडेर आउट भए ।
पूजा महतोले अविजित २० रन बनाउँदा र एलिसा यादव ५ रनमा नटआउट रहिन् ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 


















