images
images
  • माओवादी केन्द्रीय कार्यालयमा शिक्षक महासंघको धर्ना

    शिक्षक महासंघले नेकपा (माओवादी केन्द्र)को पार्टी कार्यालयमा धर्ना दिएको छ । शुक्रवार चौथो दिनको धर्नाअन्तर्गत महासंघले नेकपा (माओवादी केन्द्र)को पार्टी कार्यालयमा धर्ना दिएको हो ।

    अब नेपाली शिक्षक, कर्मचारीहरू अन्तिम चरणको आन्दोलनमा रहेको र चैत्र २० गतेसम्म पनि सरकारले विगतका सबै सहमति सम्बोधन हुनेगरी विद्यालय शिक्षा ऐन जारी नगरे अन्तिम र निर्णायक चरणको आन्दोलन गर्ने चेतावनी दिए । धर्ना कार्यक्रमपछि रिले अनसनमा जाने र चैत्र २० गतेपछि अन्तिम र निर्णायक चरणको आन्दोलन गर्ने चेतावनी शिक्षकहरूको छ ।

    सरकारलाई चाँडोभन्दा चाँडो विगतमा भएका सबै सहमति कार्यान्वयन गरेर विद्यालय शिक्षा ऐन ल्याउन माग गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस्