काठमाडौं । इन्टर मियामीले कोन्काकाफ च्याम्पियन्स कपको अन्तिम-१६ को दोस्रो लेगमा क्याभेलियर एफसीविरुद्ध २-० को सहज जित दर्ता गरको छ ।
यससँगै मियामी समग्रमा ४-० को जितसहित क्वार्टरफाइनल प्रवेश गरेको छ । पहिलो लेगमा पनि मियामी २-० ले विजयी भएको थियो ।
शुक्रबार नेसनल रंगशालामा पाहुना टोली मियामीलाई जित दिलाउन लुइस स्वारेज र लियोनल मेसीले गोल गरे ।
खेलको ३७औं मिनेटमा स्वारेजले पेनाल्टीमार्फत गोल गर्दै मियामीलाई अग्रता लिएका थिए । इज्जुरी समयमा मेसीले गोल गर्दे टोलीको जित पक्का गरे ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 


















