images
images
  • सरकारी फौजको हवाई हमलामा ६० सर्वसाधारणको मृत्यु

    काठमाडौँ । इथियोपियाको उत्तरी क्षेत्रमा पर्ने टिग्रेमा सरकारी सुरक्षा फौजले गरेको हवाई हमलामा कम्तीमा ६० जना सर्वसाधारण मारिएका छन् ।

    दुई वर्षीय बालकसहित दर्जनौँ मानिसहरू घाइते भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् । राजधानी मिकाइलीबाट २५ किलोमिटरको दूरीमा रहेको टिग्रोस्थित टोगोगा बजारमा आक्रमण भएको हो । आक्रमणमा ४० भन्दा बढी घाइते भएका छन् ।

    आक्रमणस्थलमा फसेका मानिसको उद्धारमा समेत सेनाले रोकतोक गरेको समाचार संस्था रोयटर्सले जनाएको छ । इथियोपियाको सेनाले गैरसैनिकहरूलाई निशाना नबनाइ ‘आतङ्कवादी’हरूलाई निष्क्रिय पार्न हमला गरेको जनाएको छ ।

    संयुक्त राष्ट्रसङ्घले इथियोपियाको सरकारलाई हवाई हमलाको सत्यतथ्य अनुसन्धान गर्न आग्रह गरेको छ । आठ महिनाअघि द्वन्द्व सुरु भएको इथियोपियामा हजारौँ व्यक्तिले ज्यान गुमाएका तथा लाखौँ विस्थापित भएको बीबीसीले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images