images
images
  • नेपालको चौथो हार, फाइनल खेल्ने सम्भावना सकियो

    काठमाडौं । युगान्डामा जारी वुमन्स डे टी–२० कपमा नेपाली टिमले चौथो हार बेहोरेको छ । प्रतियोगिताअन्तर्गत बिहीबार भएको खेलमा नेपाल युगान्डासँग ४० रनले पराजित भएको हो । हारसँगै नेपालको फाइनल खेल्ने सम्भावना सकिएको छ ।

    युगान्डाले दिएको ९२ रनको लक्ष्य पछ्याएको नेपाल १७.१ ओभरमा ५१ रनमा अलआउट भयो । कविता जोशीले सर्वाधिक १२ रन बनाइन् भने कप्तान इन्दु बर्माले ११ रन बनाइन् । बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन बनाउन सकेनन् ।

    युगान्डाका इमाकुलेट नाकिसुयी र इरेने मुटनीले तीन–तीन विकेट लिए । जानेत माबाजी र कोन्सी लेटले १–१ विकेट लिए ।

    त्यसअघि एन्टेबे क्रिकेट ओभलमा टस जितेर ब्याटिङ रोजेको युगान्डाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर ९१ रन बनाएको थियो ।

    उसका लागि रीता मुसमलीले ४८ बलमा सर्वाधिक ३८ रन बनाइन् ।

    नेपालका लागि बलिङमा युवा स्पिनर रिया शर्माले उत्कृष्ट बलिङ गरिन् । उनले ४ ओभरमा १६ रन दिएर महत्वपूर्ण दुई विकेट लिइन् । यस्तै, पूजा महतो, ईश्वरी विष्ट र रुबिना क्षेत्रीको नाममा एक–एक विकेट रह्यो ।

    प्रतियोगितामा नेपालले यसअघिका चार खेलमध्ये तीनमा हार बेहोरेको थियो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images