images
images
  • काठमाडौँ उपत्यकामा कडाइका साथ चेकिङ

    काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले होली पर्वको अवसरमा कडाइका साथ चेकिङ गरिरहेको छ ।

    मादक र लागुपदार्थ सेवन गरेर सवारी चलाउने, हेल्मेट नलगाई सवारी चलाउने र लापरबाही गर्नेलाई सवारी ‘होल्ड’मा राखिने छ । ८३ ठाउँमा सादा पोसाकका प्रहरीसहित चेकिङ भइरहेको छ भने ६९४ जना ट्राफिक प्रहरी परिचालित गरिएका छन् ।

    बेलुकासम्म होल्डमा राखिएका सवारी धनीलाई जरिवाना र सचेतना कक्षा सञ्चालन गरिने ट्राफिक प्रहरीले जनाएको छ । झगडा र उच्छृङ्खल गतिविधि गर्नेलाई कारबाही गरिने प्रहरीको भनाइ छ ।

    प्रतिक्रिया दिनुहोस्