images
images
  • च्याम्पियन्स लिगको क्वाटरफाइनल समीकरण पूरा

    काठमाडौं : यूईएफा च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनल समीकरण पूरा भएको छ।

    गएराति भएको खेलमा रियल मड्रिडले एट्लेटिको मड्रिडलाई पेनाल्टीमा पराजित गर्दै आफ्नो उपाधि रक्षालाई जीवित राख्दै क्वाटरफाइनलमा स्थान बनाएको छ।

    खेलको २७ंऔं सेकेन्डमा सी गोलानघरले गोल गर्दै एट्लेटिकोले अग्रता बनायो। एक मिनेटभित्र गोल गरेको एट्लेटिकोले खेल अवधिभर हावी भए पनि गोल गर्न सकेन। समग्रमा एकएकको बराबरी भएपछि खेल पेनाल्टिमा गएको थियो। पेनाल्टीमा एट्लेटिकोलाई ४–२ ले हरायो।

    यस अघि म्याड्रिडले एट्लेटिकोलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै सन् २०१६ को फाइनलमा स्थान बनाएको थियो।​ मड्रिडले क्वाटरफाइनलमा आर्सनलको सामना गर्नेछ। गएराति नै भएको खेलमा आर्सनलले इन्डरभेनलार्ई समग्रमा ९–३ को जित निकाल्दै अन्ति आठमा स्थान बनायो।

    यस्तै क्लब बर्गलाई ३–० ले हराएको एस्टन भिल्लाले भने समग्रमा ६–१ को जित दर्ता गर्‍यो। उसको प्रतिद्वन्द्वी पेरिस सेन्ट जर्मेन पीएजी रहेको छ। यस्तै क्वाटरफाइनलमा बार्सिलोना र डटमुन्ड तथा बायर्न म्युनिखले इन्टर मिलानसँग खेल्नेछ।

    पहिलो लेगको खेल अप्रिल ८ देखि ९ सम्म हुनेछ दोस्रो लेगका खेल एक सातापछि हुनेछ।​

    युइएफएले यस सिजन च्याम्पियन्स लिगका ३६ टिमबीच करिब २ अर्ब ५० करोड युरो बराबरको पुरस्कार रकम बाँड्ने भएको छ।

    क्वार्टरफाइनलमा पुग्ने प्रत्येक खेलाडीले १ करोड २५ लाख युरो पाउनेछन्। सेमिफाइनलमा स्थान बनाउने खेलाडीले थप १ करोड ५० लाख युरो पाउँछन् ।

    प्रतिक्रिया दिनुहोस्