
काठमाडौँ । काठमाडौँ उपत्यका विश्वका प्रदूषित सहरमध्ये पाँचौँ स्थानमा परेको छ । ‘एयर क्वालिटी इन्डेक्स’का अनुसार आज काठमाडौँ विश्वको पाँचौँ प्रदूषित सहर बनेको हो ।
काठमाडौँको वायु प्रदूषण एक सय ८० एक्युआई पुगेको छ । यो मापन बिहान ११ः५० मिनेटको हो ।
वायु गुणस्तरको एक नम्बरमा चीनको बेइजिङ छ । यहाँको वायु प्रदूषण २ सय ४० एक्युआई छ ।
यस्तै, दोस्रोमा युगाण्डाको कम्पालाको वायु प्रदूषण २ सय २८ एक्युआई छ । यस्तै, तेस्रोमा भारतको दिल्ली र चौथौँमा कुवेत छ । यहाँका वायु प्रदूषण क्रमशः २०५ र १८४ एक्युआई पुगेको छ ।
उपत्यकाको आकाश डम्म छ । स्थानीय वायुको प्रभाव र पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण वर्षा हुन सकेको अवस्था छैन । यसले गर्दा वायु गुणस्तर अस्वास्थ्यकर बनेको छ ।
प्रतिक्रिया दिनुहोस्