images
images
  • रूस-युक्रेन युद्धमा रोल्पाका पूर्ववडाध्यक्षको मृत्यु 

    काठमाडौँ । रूस-युक्रेन युद्धमा रोल्पाका एकजना पूर्ववडाध्यक्षको मृत्यु भएको छ । रोल्पाको सुनछहरी गाउँलिका-५ जैमाकसलाका ४४ वर्षीय तीर्खबहादुर बुढाथोकीको मृत्यु भएको हो ।

    तीर्खबहादुर २०७४ को स्थानीय तह निर्वाचनमा एमालेबाट सुनछहरी-५ मा वडाध्यक्ष निर्वाचित भएका थिए ।

    एमालेले २०७९ को स्थानीय तह निर्वाचनमा पुनः तिर्खबहादुरलाई नै वडाध्यक्षको उम्मेदवार बनाएको थियो । तर त्यतिबेला उनी माओवादी केन्द्रका देवीलाल रोकामगरसँग पराजित भएका थिए ।
    उनी रूस गएको गत असोजमा १ वर्ष पुगेको थियो ।

    भिडन्तमा उनको मृत्यु भएको खबर पाएपछि परिवारले सोमबारदेखि काजकिरिया सुरु गरेको उनका दाइ दुर्गा बुढाथोकीले जानकारी दिए ।

    रूसमा मारिएका तिर्खबहादुरका श्रीमती, एक छोरा र एक छोरी छन् ।

    प्रतिक्रिया दिनुहोस्