images
images
  • म्यानचेस्टर युनाइटेडसँग बराबरीमा रोकियो आर्सनल

    काठमाडौं : इङलिस प्रिमियर लिगमा आर्सनलले फेरि अर्को निराशाजनक नतिजा निकालेको छ। गएराति भएको खेलमा आर्सनल म्यानचेस्टर युनाइटेडसँग १–१ गोलको बराबरीमा रोकिएको हो।

    यो नतिजाले आर्सनलको उपाधि दौड कमजोर बन्दा लिभरपुललाई तालिकामा १५ अंकको फराकिलो अग्रता मिलेको छ।

    ओल्ड ट्राफोर्डमा पाहुना टिम आर्सनलले सुरुवाती ४५ मिनेट खेल नियन्त्रणमा राखेको थियो। तर डेडलक भने युनाइटेडले तोड्यो।

    इन्जुरी समयमा ब्रुनो फर्नान्डेजले प्रहार गरेको फ्रि किक आर्सनल गोलकिपर डाविड यारालाई पार गरेपछि युनाइटेडले पहिलो हाफमा एक शुन्य गोलको अग्रता लियो।

    ब्रेकपछि रायाले आर्सनलका दुइ शसक्त प्रहारको बचाउ गरे। ७४औं मिनेटमा डेक्लान राइसको सशक्त स्ट्राइकले आर्सनलको हार त टर्यो। तर तीन अंक जोड्ने लक्ष्य भने पूरा हुन सकेन्।

    आर्सनल प्रशिक्षक मिकेल अर्टेटाको दुइ सयौं प्रिमियर लिग खेल पनि अंक बाड्न परेपछि सुखद रहेन्। आर्सनलले लिगका पछिल्ला तीन खेलमा जीत हात पार्न सकेको छैन्। तालिकाको दोस्रो स्थानमा रहेको आर्सनलको २८ खेलबाट ५५ अंक छ। शीर्ष स्थानको लिभरपुलको २९ खेलबाट ७० अंक छ। युनाइटेड ३४ अंकका साथ १४ औं स्थानमा छ।

    लिगको अर्को खेलमा चेल्सिले भने लेस्टर सिटी माथि एक शुन्य गोलको जीत हात पार्यो।

    यो जीपछि चेल्सि २८ खेलबाट ४९ अंकका साथ तालिकाको चौथो स्थानमा फर्किएको छ। रेलिगेशन जोनमा रहेको लेस्टर १७ अंक सहित १९ औं स्थानमा छ। यस्तै टोटेनहम र बर्नमथले दुई–दुई तथा उल्भ्स र एभर्टनले एक–एक गोलको बराबरी खेल्दै अंक बाडे।

    प्रतिक्रिया दिनुहोस्