images
images
  • प्रधानमन्त्री कप क्रिकेटमा आज पनि ३ खेल हुँदै

    काठमाडौं : प्रधानमन्त्री कप पुरुष क्रिकेटमा आज तीन खेल हुदै छन् ।

    आज बागमती प्रदेश र त्रिभुवन आर्मी क्लब खेल्ने छन्। यो खेल भैरहवास्थित सिद्धार्थ रंगशालामा बिहान ९ बजे हुने छ । बागमतीले आफ्नो पहिलो खेलमा लुम्बिनीसँग हार बेहोरेको छ भने आर्मीको यो पहिलो खेल हो।

    त्यस्तै अर्को खेल लुम्बिनी र नेपाल पुलिस क्लबबीच हुने र यो खेल तिल्लोत्तमास्थित एक्स्ट्राटेक ओभल मैदानमा सोही समयमा सुरु हुने तालिका रहेको छ। लुम्बिनी प्रदेशले पहिलो खेलमा बागमती प्रदेशलाई पराजित गरेको थियो भने नेपाल पुलिस क्लबको यो पहिलो खेल हो।

    त्यसैगरी आज हुने तेस्रो खेल गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेश बीच हुने छ। यो खेल दाङको लमहीस्थित देउखुरी क्रिकेट स्टेडियममा हुने छ।

    सुदूरपश्चिमले आफ्नो पहिलो खेलमा कर्णालीसँग हार बेहोरेको थियो भने गण्डकीले आज पहिलो खेल खेल्दै छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images