images
images
  • च्याम्पियन्स ट्रफीको उपाधि भारतलाई, न्युजिल्यान्ड फेरि पराजित

    न्युजिल्यान्डलाई पराजित गर्दै भारतले तेस्रो पटक च्याम्पियन्स ट्रफीको उपाधि जितेको छ।

    आइतबार बेलुका दुवईमा सम्पन्न फाइनलमा भारतले न्युजिल्यान्डलाई ४ विकेटले पराजित गरेको हो।

    टस जितेर पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले भारतलाई २५२ रनको लक्ष्य प्रस्तुत गरेको थियो। भारतले ६ विकेटको क्षतिमा पूरा गर्दै उपाधि उचालेको हो।

    यसअघि समूह चरणमा पनि भारतले न्यजिल्यान्डलाई ४४ रनले पराजित गरेको थियो।

    भारतको जितमा कप्तान रोहित शर्माले ७६ रनको योगदान गर्दा श्रेयस ऐर २ रनले अर्धसतक बनाउन चुक्दा ४८ रनको योगदान दिए।

    प्रतिक्रिया दिनुहोस्
    images
    images