images
images
  • गृह मन्त्रालयले गर्‍यो ७ जना सहसचिवको सरुवा 

    काठमाडौँ । गृह मन्त्रालयले ७ जना सहसचिवको पदस्थापन र सरुवा गरेको छ । आज एक सूचना जारी गर्दै मन्त्रालयले प्रमुख जिल्ला अधिकारी रिक्त रहेका जिल्लामा सहसचिवको सरुवा गरिएको जनाएको हो ।

    मन्त्रालयका अनुसार बाँकेको सीडीओमा धर्मराज जोशी र खोटाङमा नरहरि घिमिरेको सरुवा गरिएको छ ।  यस्तै ओखलढुंगाको सीडीओमा विजयराज सुवेदीलाई खटाइएको छ ।

    रामकृष्ण अधिकारी नुवाकोटबाट गृह मन्त्रालयमा ल्याइएका छन् भने शशीधर घिमिरेलाई नुवाकोट पठाइएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images