images
images
  • बायर्नको सहज जित, लिभरपुलसँग घरमै निराश पीएसजी

    काठमाडौं । यूईएफए च्याम्पियन्स लिग प्रिक्वार्टरफाइनलको पहिलो लेगमा जर्मन क्लब बायर्न म्युनिखले घरेलु प्रतिद्वन्दी बायर लेभरकुजेनविरुद्ध ३–० को सहज जित निकालेको छ ।

    बुधबार राति घरेलु मैदान एलियन्ज रंगशालामा भएको खेलमा बायर्नलाई जित दिलाउन ह्यारी केनले दुई गोल गरे । अर्को एक गोल जमल मुसियालाले थपे । बायर्नले पहिलो हाफमा एक र दोस्रो हाफमा दुई गोल थपेको हो ।

    खेलको नवौँ मिनेटमा केनले गोल गरेपछि घरेलु टिमले पहिलो हाफमा १–० को अग्रता बनाएको थियो । ५४औँ मिनेटमा मुसियालाले बायर्नको अग्रता दोब्बर बनाए ।

    यस्तै, ७५औँ मिनेटमा केनले पेनाल्टीमार्फत गोल गरेपछि बायर्नले पहिलो लेगमा ३–० को सहज जित पक्का गरेको हो ।

    यी दुई टिमबीचको दोस्रो लेग मार्च १२ मा लेभरकुजेनको मैदानमा हुनेछ ।

    बुधबार नै भएको अर्को खेलमा पेरिस सेन्ट जर्मन (पीएसजी)ले घरमै लिभरपुलसँग १–० को हार व्यहोरेको छ । लिभरपुलको जितमा हार्भी एलिओटले निर्णायक गोल गरे ।

    यी दुई टिमबीचको दोस्रो लेग मार्च १२ मा एन्फिल्डमा हुनेछ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images