images
images
  • थापाथलीमा फुटेको खानेपानीको पाइप मर्मत, पानी सुचारु गरियो

    काठमाडौँ । थापाथलीमा मंगलबार फुटेको मेलम्ची खानेपानी आयोजनाको मुख्य पाइप मर्मत गरिएको छ ।

    काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)को प्राविधिक टोलीले फुटेको पाइपलाइन आज मर्मत सकिएको जनाइएको छ । पाइप मर्मतसँगै मेलम्चीको पानी पनि सुचारु गरिएको छ ।

    थापाथली चोकबाट नर्भिक अस्पतालतर्फ मोडिने ठाउँमा मेलम्ची खानेपानीको पाइप फुटेको हो । यसअघि बबरमहल क्षेत्रमा पनि खानेपानीको मुख्य पाइप लाइन फुटेको थियो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images