images
images
  • अमेरिकाबाट निष्कासित नेपाली लिएर आएको विमान काठमाडौँमा अवतरण

    काठमाडौँ । अमेरिकाबाट निकालिएका नेपालीहरू बोकेर आएको विमान काठमाडौँमा अवतरण भएको छ ।

    डोनाल्ड ट्रम्पले राष्ट्रपतिको कार्यभार सम्हालेपछि निष्कासित भएका नेपालीहरूलाई लिएर अमेरिकी चार्टर जीआरपी-२३ विमान  बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको हो ।

    अध्यागमन कानुन उल्लङ्घन गर्ने करिब १० जना नेपालीहरू रहेको जनाइएको छ ।
    अमेरिकाले नेपालसहित भारतलगायत देशका अवैधानिक आप्रवासीहरूलाई समेत उनीहरूकै देश फर्काइरहेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images