images
images
  • त्रिवि क्रिकेट मैदानमा प्यारापिट निर्माणको काम सुरु

    काठमाडौं : कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा अन्तर्राष्ट्रियस्तरको प्यारापिट निर्माणको काम सुरु भएको छ।

    निर्माण कम्पनी बीकेओआई केसीडीसी जेभीले २ महिनामा निर्माण सम्पन्न गर्ने गरी प्यारापिट निर्माणको काम सुरु गरेको हो।

    परियोजनाको औपचारिक सिलान्यास नगरिए पनि मंगलबारदेखि निर्माण सुरु भएको हो। हाल १० हजार दर्शक क्षमताको विना छतको प्यारापिट निर्माण गरिने निर्माण कम्पनीका प्रतिनिधि बिनोद गौतमले जानकारी दिए।

    निर्माणको काम आगामी वैशाख २० गतेभित्र सम्पन्न गर्नुपर्ने समय सिमा तोकिएको छ। निर्धारित समयमा काम सक्न निर्माण कम्पनीले २४ सै घण्टा ३ सिफ्टमा काम गर्ने बताएको छ।

    शहरी विकास मन्त्रालयअन्तर्गत संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयले फागुन १ गते केसीडीसी जेभीको प्यारापिट निर्माणका लागि ४३ करोड ७७ को बोलपत्र स्वीकृत गरेको थियो र सोहीअनुसार कम्पनीले निर्माण कार्य सुरु गरेको हो।

    फ्लड लाइट जडानका लागि ४२ करोड १९ लाखको बोलपत्र स्वीकृत भएपछि विशाण–ईश्वरी जोइन्ट भेन्चरले पनि निर्माण कार्य सुरु गर्ने तयारी गरेको छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images