काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)मा चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि फागुन २७ गते मनोनयन दर्ता हुने भएको छ । यसअघि सोमबार त्रिविका आङ्गिक, सम्बन्धनप्राप्त क्याम्पसमा सङ्घ, सङ्गठनको नाम दर्ता गरिएको थियो ।
त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले विगतभन्दा यसपटक धेरै क्याम्पसमा निर्वाचन हुने जनाएको छ ।
निर्देशनालयका अनुसार फागुन २७ गते बिहान ११ देखि २ बजेसम्म प्रत्यक्ष तथा समानुपातिक उम्मेदवारको मनोनयन दर्ता हुनेछ । फागुन २१ गते मतदाता सूची प्रकाशन गर्ने जनाइएको छ ।
मतदानको समय चैत ५ गते बिहान ८ देखि दिउँसो ४ बजेसम्मका लागि तोकिएको छ ।
प्रतिक्रिया दिनुहोस्























