images
images
  • ललितपुरमा बोरिङ गर्ने क्रममा आगोको ज्वाला निस्कियो

    काठमाडौँ । ललितपुरस्थित टिकाथलीमा पानीका लागि बोरिङ गर्ने क्रममा आगोको ज्वाला निस्किएको छ । बोरिङको पाइप गाडेको स्थानबाट आगोको ज्वाला निस्किएको हो ।

    स्थानीयले आगो निभाउने प्रयास गरिरहे पनि निभेको छैन ।

    ललितपुर प्रहरीले बोरिङ खन्ने क्रममा ग्यास निस्किएको र त्यसमा आगो लागेको जनाएको छ । यसको विस्तृत विवरण नआएको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images